काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन् । अधिकांश ठाउँमा मतगणना भइरहेका बेला शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यस्तो बताएका हुन् ।
उपसभापति शर्माले लेखेका छन–् मतदाताको फैसला स्विकार्य छ ! ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।


