२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:33 pm
Banner

बझाङ्गमा एमालेका ऐन महर निर्वाचित

सूचना प्रेस २०८२ फाल्गुन २३ शनिबार ००:००, १०:०९ बजे १ मिनेट पढाइ

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्। महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्। महरसँगै एमालेले हालसम्म दुई स्थानमा चुनाब जितेको छ ।