काठमाडौं । अमेरिकाले आज राति इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हुने बताएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले फक्स न्यूजसँग कुरा गर्दै राति इरानमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हुने बताएका हुन् । उनका अनुसार आक्रमणहरू इरानको मिसाइल लन्चर र मिसाइल उत्पादन कारखानाहरूलाई उल्लेखनीय क्षति पुर्याउने उद्देश्यले गरिनेछ र यो कार्यले इरानको मिसाइल क्षमतालाई कमजोर बनाउनेछ । उनले इरानमाथि आर्थिक अस्थिरता सिर्जना गर्न खोजेको पनि उल्लेख गरे ।
बेसान्टले यसको प्रमुख कारण विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल र ग्यास मार्गहरू मध्ये एक मानिने होर्मुज जलडमरूमा इरानको नियन्त्रण रहेको बताए ।
पछिल्लो ८ दिनदेखि अमेरिका र इजरायल मिलेर इरानविरुद्ध सैन्य कारबाही गरिरहेको छ । हालैका दिनहरूमा इरानमाथि धेरै ठूला आक्रमणहरू भएको छ ।


