काठमाडौँ : गुल्मी क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल भारी मतान्तरले विजयी भएका छन् । उनले पुराना र प्रभावशाली मानिने स्थापित नेताहरूलाई निकै पछाडि पार्दै ऐतिहासिक जित हासिल गरेका हुन् ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार सागर ढकालले ३० हजार ४४८ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई १५, हजार १२० को फराकिलो मतान्तरले पराजित गरे । ज्ञवालीले १५,३२८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी १३ हजार ७३१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


