काठमाडौं । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी भएका छन् ।

सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाएका छन् । ०६४ सालको संविधानसभाको निर्वाचनयता काठमाडौं–४ मा तीनपल्ट जित निकालेका थापाले पहिलोपटक हार व्यहोर्नुपरेको हो ।


