मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीको अग्रता कायम रहेको छ । कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।
नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले २ हजार ४४० मत प्राप्त गरेका हुन् । राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले ३७१ मत प्राप्त गरेका छन् ।


