काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको पेसी तोकिएको छ । आज न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो ।
३० पुसमा महान्यायाधिवक्ता सविता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
महान्यायाधिवक्ता भण्डारीले दिएको अनुमति अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेको कारण देखाउँदै त्यसपछि निर्णय हुने भनिएको छ । महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।
आज सर्वोच्च अदालतले रिट खारेजको निर्णय गरेमा भने लामिछानेमाथिको अभियोग संशोधनको विषयमा जिल्ला अदालतले मुद्दा फिर्ता लिन अनुमति दिन सक्नेछ । यदि सर्वोच्चले रोक्न अन्तरिम आदेश जारी गरेमा गरेमा लामिछानेको अभियोगपत्र संशोधनको बाटो रोकिनेछ ।


