काठमाडौं : सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए। प्रहरी अहिले घटनास्थलमा पुगेको छ। सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको उनले बताए।


