१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 10:44 pm
कला/साहित्य

गायक सञ्जय श्रेष्ठले काठमाडौँ–६ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिने

सूचना प्रेस २०७९ जेष्ठ २३ सोमबार ००:००, ०६:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ– आगामी मंसिरमा हुने संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले काठमाडौँ- ६ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने तर पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु। बाँकी तपाईंहरूको साथ र विश्वास ।’

गायक श्रेष्ठले यसअघि वि.सं. २०७० को संविधानसभाको चुनावमा राप्रपा नेपालका तर्फबाट चुनाव लडेका थिए । त्यतिबेला धेरै मत ल्याउन नसकेका उनी राजनीतिमा खासै सक्रिय थिएनन् ।