काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बलिउडका दिग्गज अभिनेता पाटेकर अभिनयका एक अब्बल कलाकार हुन् । उनका दर्जनौँ चलचित्र हिट छन् ।
समाचार अनुसार उनलाई गोवास्थित आफ्नै घरमा हृदयघात भएको थियो । उनलाई लगभग ४५ मिनेटसम्म सीपीआर गरिएको थियो ।
डा.शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५ः२० बजे निधन भएको थियो । नाना पाटेकरले १९८९ को ‘परिन्दा’मा अन्नाको भूमिका निर्वाह गरेका थिए, जसका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । उनले १९९४ को ‘क्रान्तिवीर’को लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए ।
उनले १९९६ को ‘अग्निसाक्षी’को लागि सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरे । यसले उनको करिअरलाई तीन राष्ट्रिय चलचित्र पुरस्कारमा पुर्यायो ।

