काठमाडौं । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकोप्टरमा ५ जना यात्रु सवार रहेको खुलेको छ । आज दिउँसो काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टी ९एन–एएफक्यूमा ५ जना यात्रु सवार रहेकोमा अवतरणका क्रममा बेलबासेमा दुर्घटना भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रतिनिधि बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा ५ जना यात्रु सवार रहेका थिए । तथापि, एकजना यात्रु भने गम्भीर घाइते भएको र उनको उपचारका लागि काठमाडौंको हेम्स हस्पिटल पठाइएको उनले जानकारी दिए । हेलिकोप्टरमा सवार पाँचै जना यात्रु नेपाली रहेका छन् ।


