काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका छन् । मंगलबार अनुपस्थित रहेका उनी बुधबार भने सहभागी भएका हुन् ।
रास्वपाका अनुसार उनी बुधबार दिउँसो ललितपुरको ग्वार्कोस्थित होटल ट्रुलिपमा पुगेका हुन् । जहाँ पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी सांसदहरूको अभिमुखीकरण चलिरहेको छ ।


