३० कार्तिक २०८३, सोमबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 3:58 am
Banner

हर्क साम्पाङको आरोप : रवि र बालेनका कारण शपथ ढिला

सूचना प्रेस २०८२ चैत्र १२ बिहिबार ००:००, १५:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन् ।

शपथग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन– मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ भएको किन नदेखेको?

बुधबार सिंहदरबारस्थित संसद भवनमा नव निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम थियो।