काठमाडौँ : सुदन गुरूङ गृहमन्त्री बन्ने टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहितका नेताको छलफलले गुरूङलाई गृहमन्त्री बनाउने टुंगो लगाइको हो।
हामी नेपालको संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये हुन्। उनी गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।


