४ आश्विन २०८१, शुक्रबार 1726827870
Banner

फोहोर फाल्ने स्थानमा झडप, १४ जना पक्राउ

काठमाडौं । फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा धुनिबेसीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । जनप्रतिनिधिले गरेको हस्ताक्षर चित्त नबुझेको भन्दै स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो । झडपमा १४ जना पक्राउ परेका छन् ।

स्थानीयले गुठीको जग्गा ९० प्रतिशत स्थानीयलाई उपभोग गर्न दिनुपर्ने, ५१ अर्ब मुआब्जा तिर्नुपर्ने, नाष्टको टोलीले छिट्टै दुर्गन्धमुक्त बनाउनुपर्ने माग गरेका छन् ।