४ आश्विन २०८१, शुक्रबार 1726811302
Banner

बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौँ – काठमाडौँको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ ।

स्थानीयको विरोधबीच प्रहरीको सुरक्षामा फोहोर फाल्न सुरु गरिएको हो । फोहोर फाल्न अघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ ।

यसअघि फोहोर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् ।