काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै जयशंकरले खनालको सफल कार्यकालको कामना गर्दै नेपाल–भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे । उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।


