१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 11:56 pm
Banner

यस्तो छ प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम

सूचना प्रेस २०८२ चैत्र १३ शुक्रबार ००:००, २०:०६ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन्।

राजनीतिक सल्लाहकारमा असिम शाह,प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। बाँकी नियुक्ति पनि गरिने बताइएको छ ।