एथेन्स(ग्रीस), चैत १४ गते । ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गामा फसेको छ दिनपछि २२ जना आप्रवासीको मृत्यु भएको डुङ्गामा जीवित रहेका व्यक्तिलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले बताएका छन् ।

यस अघि शुक्रबार राति तटरक्षकले एक महिला र एक नाबालिकासहित २६ जनालाई युरोपेली सीमा एजेन्सीको जहाजले क्रेटबाट उद्धार गरेको बताएको छ । जिवित मानिसले मृतकको शव समुद्रमा फ्याँकिएको बताएका छन् । दुई जना घाइते व्यक्तिलाई क्रेटको हेराक्लिओनको अस्पतालमा लगिएको तटरक्षकले जनाएका छन् ।
जिवित व्यक्तिको बयानको आधारमा, तटरक्षकले डुङ्गा गत मार्च-२१ मा पूर्वी लिबियाको बन्दरगाह शहर टोब्रुकबाट ग्रीसको लागि प्रस्थान गरेको बताएका थिए । जुन युरोपेली सङ्घमा शरण खोज्ने धेरै आप्रवासीको प्रवेशद्वार भएको जनााइएको छ । यात्राको क्रममा डुङ्गामा सवार यात्रुले छ दिनसम्म खाना र पानीको अभावमा समुद्रीतटमा ज्यान गुमाएको तटरक्षकले बताएका छन् ।
मृत्युकको शव एक जना तस्करको आदेशमा समुद्रमा फ्याँकिएको बताइएको छ भने, ग्रीक अधिकारीले १९ र २२ वर्षका दुई दक्षिण सुडानी पुरुषलाई तस्करको आरोपमा पक्राउ गरेका छन् । रासस/एएफपी


