काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले शनिबार खाडी देशहरूलाई कुनै पनि सैन्य कारबाहीमा अमेरिका र इजरायललाई समर्थन नगर्न चेतावनी दिएका छन् ।
राष्ट्रपति पेजेश्कियानले खाडी देशहरूलाई आफ्नो क्षेत्रमा स्थिरता र विकास चाहने हो भने आफ्नो भूमि इरानविरुद्ध आक्रमणको लागि प्रयोग गर्न नदिन चेतावनी दिएका हुन् ।
‘हामीले धेरै पटक भनेका छौँ कि इरानले पहिले आक्रमण गर्दैन, तर यदि हाम्रो पूर्वाधार वा आर्थिक केन्द्रहरूमा आक्रमण भयो भने, हामी कडा जवाफ दिनेछौँ ।’ इरानी राष्ट्रपति पेजेश्कियानले भनेका छन्, ‘यदि तपाईंहरू विकास र सुरक्षा चाहनुहुन्छ भने, हाम्रा शत्रुहरूलाई तपाईंको माटोबाट युद्ध गर्न नदिनुहोस् ।’


