३१ बैशाख २०८३, बिहिबार 1778748846
समाचार

ओलीको प्रभावकारी उपचार गर्न अदालतको आदेश

काठमाडौँ : जिल्ला अदालत, काठमाडौँले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचार व्यवस्था मिलाउन आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिन म्याद दिँदै यस्तो आदेश दिएको हो। ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न यो आदेश गरिदिएको छ’, अदालतको आदेशमा भनिएको छ।

प्रहरीले शनिबार बिहानै पक्राउ गरेर पूर्वप्रधानमन्त्री ओली र उनी नेतृत्वकै सरकारका गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो। लेखकलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइए पनि ओलीलाई भने भिडिओ कल गरेर सोधिएको थियो। इजलासको भिडिओ कलमा केहीबेर बसेर ओली बाहिरिएका थिए।