काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफूलाई सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिन जान लागेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले यो जानकारी गराएका हुन् ।
‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ ! यही हो त रास्वपाको समर्थकको लाइन ?’ सांसद साम्पाङले फेसबुकमा लेखेका छन्, ‘आजै सीआईबीमा उजुरी लगाउँदैछौँ ! हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ !’ अध्यक्ष साम्पाङले सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्ने चेतावनी समेत दिएका छन् ।



