काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् ।
उनी केहीबेरअघि तारेख बुझेर फर्किए । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।


