बैतडी : राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि नि:शुल्क प्रशिक्षण सञ्चालन गरेका छन् ।
दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन् । मैदानमा अभ्यास खेल जारी छन् ।
स्थानीयस्तरमा क्रिकेटको विकास र प्रतिभा पहिचानका निम्ति ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले बताए । जिल्ला क्रिकेट संघले पनि प्रशिक्षणमा सघाउने बताएको छ ।


