४ आश्विन २०८१, शुक्रबार 1726880973
Banner

चितवनमा जन्ती बस दुर्घटना

चितवन । दुलही लिएर जाँदै गरेको जन्ती बस पूर्वी चितवनको रत्ननगरमा दुर्घटना भएको छ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ति लिएर खैरहनी जाँदै बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा पल्टिएको हो। दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन्। बसमा ३० जना सवार थिए। घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।