३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:34 am
Banner

गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गरिदिन साम्पाङ्गको माग

सूचना प्रेस २०८३ बैशाख ८ मंगलबार ००:००, १७:१७ बजे १ मिनेट पढाइ

काठमाडौँ । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

सरकारलाई सुझाव दिन पार्टीले गरेको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले विवादित भएर पदमा बसिरहन उचित नहुने बताएका हुन्।

‘उहाँको जैले नयाँ–नयाँ सुनिरहिन्छ। त्यस्तो नसुनिए हुन्थ्यो। हप्तामा दुईतीन पटक सुनिरहिन्छ। कहिले के, कहिले के’, गुरुङको नाम नलिई उनले भने, ‘विवादमा परेर बसिरहनुभन्दा मार्गप्रशस्त गरिर्दिँदा राम्रो हुन्छ।’