११ श्रावण २०८३, सोमबार 1785172707
Banner

विद्युतीय सवारी साधनले नयाँ वृद्धि भएको भाडा लिन नपाउने

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनले नयाँ भाडादर लिन नपाउने जनाएको छ। डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनमा मात्रै भाडा समायोजन गरिएकाले विद्युतीय सवारीसाधनमा उक्त व्यवस्था लागू नहुने जनाएको हो।

गत चैत २५ गते विभागले अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरूप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको थियो।

केही विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसारपसार गर्दा वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो आएको विभागले जनाएको छ।