काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भत्काइने हल्ला गलत भएको स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री शस्मित पोखरेलले मैदान भत्काउने कुनै योजना नभएको बताएका हुन्। उनका अनुसार राज्यकै लगानीमा बनेको संरचना हटाउने विषय नै उठ्दैन।
त्रिभुवन विश्वविद्यालयले भाडा सम्झौता अवधि सकिँदै आएकाले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएको उनले बताए । पत्र मैदान खाली गराउने भन्दा पनि नयाँ सम्झौता गर्ने प्रक्रियाको हिस्सा भएको उनको भनाइ छ ।
सरकार र त्रिविबीच छलफल सकारात्मक भएको र अब नयाँ भाडा सम्झौतामार्फत समस्या समाधान हुने बताइएको छ ।


