काठमाडौं । सरकारले काठमाडौंमा रहेका सुकुम्बासी बस्ती हटाउने कार्यलाई तीव्रता दिएको छ ।
शनिबार बिहानैदेखि सरकारले स्वयम्भु र बालाजु क्षेत्रमा रहेका सुकुम्बासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाएर संरचनाहरू भत्काउन सुरु गरेको हो ।
यसअघि सरकारले थापाथली, गैरीगाउँ बल्खु लगायत क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती खाली गराएको थियो ।


