१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:25 am
विश्व

युद्ध रोक्नका लागि इरानले गरेको नयाँ प्रस्ताव राष्ट्रपति ट्रम्पद्वारा अस्विकार

सूचना प्रेस २०८३ बैशाख १९ शनिबार ००:००, १३:१२ बजे १ मिनेट पढाइ

काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्ताव अस्वीकार गरेका छन्।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनए (इस्लामिक रिपब्लिक न्युज एजेन्सी) का अनुसार इरानले अमेरिकासँग वार्ताका लागि बिहीबार साँझ मध्यस्थकर्ता पाकिस्तानसमक्ष नयाँ प्रस्ताव पठाएको छ।
तर नयाँ प्रस्तावमा के छ भन्ने विषयमा आईआरएनएले केही उल्लेख गरेको छैन।

यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले एक टेलिभिजन अन्तर्वार्तामा युद्ध अन्त्य र दिगो शान्ति स्थापना आफूहरूको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

तर अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानको नयाँ प्रस्ताव पनि स्वीकार गर्न नसकिने बताएका हुन्।

शुक्रबार राति फ्लोरिडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘वार्ताका लागि इरानले गरेको नयाँ प्रस्ताव पनि मलाई स्वीकार्य छैन। इरानको नेतृत्व अलमलमा परेको छ र गम्भीर रूपमा विभाजित छ। उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आपसमै सहमति गर्न सकिरहेका छैनन्।’