२७ बैशाख २०८३, आइतबार 1778445481
Banner

रास्वपाको कर्णाली प्रदेश सह–महामन्त्रीमा शाह र सुवेदी मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कर्णाली प्रदेश सह(महामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले शाह र सुवेदीलाई सहमहामन्त्रीमा मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय विभागअन्तर्गत विभिन्न पदमा समेत मनोनयन गरेको पार्टीले जनाएको छ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा संगठनात्मक तथा समसामयिक विषयमा समेत छलफल भइरहेको बताइएको छ ।