२८ बैशाख २०८३, सोमबार 1778511862
समाचार

बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा दुई जना पक्राउ

काठमाडौँ : बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–३ ढुंखर्क घर भएका २४ वर्षीय लक्ष्मण भन्ने सुनिल नगरकोटी र भारत घर भएर बनेपामा बस्दै आएका ३० वर्षीय सभंकर माजी छन् ।

वैशाख २७ मा भक्तपुरको लिवालीमा बच्चाहरूलाई भेला पारेर चकलेट दिएर फकाउँदै कानको मुन्द्रा चोरी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए ।

नगरकोटीले चोरेको मुन्द्रा सभंकर माजीलाई बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरूबाट १५ लाल सुन बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त जगातीको टिमले अनुसन्धान गरिरहेको छ ।