२९ बैशाख २०८३, मंगलबार 1778590123
समाचार

मध्यपूर्व युद्धमा युएईले पनि इरानमाथि आक्रमण गरेको दाबी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले पनि मध्यपूर्व युद्धमा इरानमाथि गोप्य सैन्य हमला गरेको दाबी गरिएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलको एक रिपोर्टले यस्तो दाबी गरेको हो ।

रिपोर्टका अनुसार अप्रिलमा इरानको लावन टापुमा रहेको तेल प्रशोधन केन्द्रलाई लक्षित गरिएको थियो, जसले गर्दा ठूलो आगलागी भएको थियो र लामो समयसम्म उत्पादन प्रभावित भएको थियो ।

रिपोर्टका अनुसार, उक्त आक्रमण अप्रिलको सुरुमा भएको थियो, त्यस समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम गर्ने तयारी गरेका थिए ।

इरानले त्यतिबेला भनेको थियो– रिफाइनरी शत्रुको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । त्यसपछि इरानले युएई र कुवेतमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको थियो ।

रिपोर्टमा भनिएको छ, ‘युएईले यी आक्रमणहरूलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन । यद्यपि, युएईको विदेश मन्त्रालयले सैन्य कारबाहीसहित कुनै पनि शत्रुतापूर्ण कार्यको जवाफ दिने अधिकार देशसँग सुरक्षित रहेको बताएको छ ।’