१ जेष्ठ २०८३, शुक्रबार 1778845736
विश्व

चीन होर्मुज खोल्न मद्दत गर्न तयार रहेको ट्रम्पको दाबी

काठमाडौं । चीनको तीनदिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङले होर्मुजको जलडमरू खुला राख्न मद्दत गर्ने प्रस्ताव गरेको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार, सी जिनपिङले भने, ‘यदि म कुनै पनि तरिकाले मद्दत गर्न सक्छु भने, म गर्न चाहन्छु ।’ चीनले ठूलो मात्रामा इरानी तेल किन्छ, त्यसैले हर्मुज जलडमरू खुला राख्न पनि चीन इच्छुक रहेको ट्रम्पको दाबी छ । ‘धेरै तेल किन्ने देशको इरानसँग सम्बन्ध स्पष्ट छ । चीन हर्मुजको जलडमरू खुला रहोस् भन्ने चाहन्छ,’ उनले भने ।

यसैबीच, इरानले हर्मुजको जलडमरूमबाट आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियमहरू लागू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जलडमरूम मार्गबाट ​​आवतजावत गर्ने जहाजहरूले अब इरानी निरीक्षण र स्वीकृति लिनुपर्नेछ ।