२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 10:16 pm
राजनीति

हर्कलाई ज्ञानेन्द्रले भने- जनादेशको सम्मान गर्नुपर्छ, प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन

सूचना प्रेस २०८३ जेष्ठ १ शुक्रबार ००:००, १२:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । राप्रपाका संसदीय दलका नेता एवम् सांसद ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नभएको बताएका छन् । साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले जवाफ दिएका हुन् ।

उनले भनेका छन्, ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्।

त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ। हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद् जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद् नै हो।