२ जेष्ठ २०८३, शनिबार 1778955757
समाचार

वडा सचिवलाई धम्काउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार पक्राउ गरेको हो । खड्कामाथि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता समेत हुन् । उनले सुर्खेतबाट पार्टी सदस्यता लिएका छन् । खड्कालाई कारबाही गर्नका लागि रास्वपा दैलेखले सिफारिस समेत गरेको छ ।