३ जेष्ठ २०८३, आइतबार 1779030741
समाचार

जेनजी आन्दोलनमा जलाइएको सिंहदरबारको पूर्वी भागको पुनर्निर्माण धमाधम

काठमाडौँ : भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त गरिएको सिंहदरबारको पूर्वी भागको पुनर्निर्माण शुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको पूर्वी भागमा पुनर्निर्माणको काम भइरहेको छ ।

पूर्वी भागमा क्षति भएका पुराना संरचना हटाएर नयाँ झ्यालढोका राखेर रङरोगन गर्ने काम भइरहेको छ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषअन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुनर्निर्माण गर्न थालेको हो ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षतिग्रस्त भएसँगै अहिले गृह मन्त्रालयको नवनिर्मित भवनमा प्रधानमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ ।