५ जेष्ठ २०८३, मंगलबार 1779193784
समाचार

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । भारतमा आजबाट लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ९० पैसाले बढाइएको छ । यो पछिल्लो एक हप्तामा दोस्रो पटक मूल्यवृद्धि गरिएको हो ।

योसँगै राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँबाट बढेर ९८.६४ रुपैयाँ पुगेको छ । डिजेलको मूल्य प्रतिलिटर ९०.६७ रुपैयाँबाट बढेर ९१.५८ रुपैयाँ पुगेको छ । यसअघि, यहाँ शुक्रबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको थियो ।