काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको सुरूमै प्लेकार्डसहित राईसहितका सांसदहरू विरोधमा उत्रिएपछि सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन् ।



