७ जेष्ठ २०८३, बिहिबार 1779371560
Banner

हर्क साम्पाङले आज पनि प्लेकार्ड देखाएर गरे विरोध

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका छन् । अहिले सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन् ।