काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन् । प्रधानमन्त्री संसदमा आउदा तपाईलाई दवाव बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफुलाई कुनै दवाव नभएको बताए । उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दवाव भने आफुलाई हुने गरेको उल्लेख गरे ।
सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।


