काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। साताको कारोबारको एक दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ।
आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा २०२ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज हाइड्रो समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढ्दा ट्रेडिङ बाहेक अरू सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी नाफा कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको देखिएको छ । जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ इनर्जीको मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युतको मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ४३ करोड ६५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, रिडी हाइड्रोपावर २४ करोड ५४ लाख र नेसनल हाइड्रो १६ करोड १३ लाख कारोबार सहित अगाडि देखिएका छन् ।


