काठमाडौँ : भारतमा पेट्रोल र डिजेलको मूल्यमा पुनः वृद्धि भएको छ। नयाँ मूल्य सूचीअनुसार दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ (भारु) पुगेको छ। यसै गरी डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारु कायम भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो। यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो भने त्यसअघि मे १५ मा पनि प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो।


