९ जेष्ठ २०८३, शनिबार 1779542155
समाचार

भारतमा रोचक भर्चुअल युद्ध– कक्रोज जनता पार्टीलाई ओगी जनता पार्टीको चुनौती

काठमाडौं । भारतमा सामाजिक सञ्जालमा अनलाइन व्यंग्य अभियान चलाइरहेको कक्रोज जनता पार्टी (सीजेपी)लाई चुनौती दिन ओगी जनता पार्टी (ओजेपी) गठन भएको छ ।

स्थापनाको छोटो समयमै सामाजिक सञ्जालमा सीजेपी र ओजेपीबीचको भर्चुअल राजनीतिक युद्ध निकै रोचक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कार्टुन पात्र चित्र रहेको ओजेपीले सीजेपीको अभियान र राजनीतिक सम्बद्धतामाथि प्रश्न उठाएको छ र उसको राजनीतिक मनसाय पूर्ण रूपमा निष्पक्ष नभएको दाबी गरेको छ ।

ओजेपीले २०२४ को एक पोस्ट राखेर सीजेपीका संस्थापक अभिजित दीपकको आम आदमी पार्टीसँगको सम्बन्धमाथि प्रश्न उठाएको छ ।

सीजेपीका संस्थापक दीपकको एक पोस्टमा ओजेपीले लेखेको छ– वास्तविक जेनजीबाट वास्तविक कुराकानी, विगत ५ दिनदेखि अभिजीत दीपकले देश वा जेनजीको लागि केही उपयोगी काम गरेका छैनन् । उनी निरन्तर पैसा कमाउन, अर्पित शर्माजस्ता आफ्ना धनी राजनीतिज्ञहरूको फलोअर बढाउन मात्र काम गरिरहेका छन् । जेनजी, यस्तो स्पष्ट पासोमा नपर्नुहोस् ।