२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:03 am
Banner

उपराष्ट्रपतिसँग सभामुख अर्यालले गरे शिष्टाचार भेट

सूचना प्रेस २०८३ जेष्ठ ११ सोमबार ००:००, ११:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर अर्यालले यादवलाई भेटेका थिए ।

भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटमा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा छलफल भएको थियो।