९ आश्विन २०८३, शुक्रबार 1790396830
Banner

गणतन्त्र दिवस कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ १५ गते हुने गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। शाहले मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको स्रोतले जानकारी दिएको छ।

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ।