५ आश्विन २०८१, शनिबार 1726914022
विश्व

इटालीमा हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु, दुई यात्रु हराए

एजेन्सी । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।

हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।