२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:25 am
समाचार

काठमाडौँ उपत्यकामा २४ घण्टामा १,७७३ चालक कारबाहीमा

सूचना प्रेस २०८३ जेष्ठ १६ शनिबार ००:००, १५:२४ बजे १ मिनेट पढाइ

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा १,७७३ चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरीले विभिन्न प्रकारका उल्लङ्घनकर्ताबाट रु ६ लाख ४४ हजार ५०२ राजस्व संकलन गरेको जनाएको छ।

कारबाहीमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने, सिग्नल नमान्ने, लेन अनुशासन पालना नगर्ने, निषेधित स्थानमा हर्न बजाउने, गलत पार्किङ गर्ने र अन्य नियम उल्लङ्घन गर्ने चालकहरू परेका छन्।