५ आश्विन २०८१, शनिबार 1726933098
Banner

किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे ।
उनले भने – ‘माननिय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकार सँग माग गरेका थिए ।