५ आश्विन २०८१, शनिबार 1726917253
राजनीति

रमेश खरेल काठमाडौं–१ बाट चुनावमा उठ्ने

काठमाडौं – पूर्वडीआईजी रमेश खरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्नुहुने भएको छ । उहाँले आगामी संसदीय चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएको बताइएको छ।